कञ्चनपुर, चैत्र ३० । कञ्चनपुरको कृष्णपुर नगरपालिका(४ का २४ वर्षीय संगी रानाले बुबा ५५ वर्षीय तौला रानाको आइतबार हत्या गरेका छन्।
घरायसी विवादमा रानाले बुवालाई करिब दिउँसो १२ बजे हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले बताए।
हत्यामा संलग्न संगी रानालाई पक्राउ गरी आवश्यक अनुसन्धानको कार्य अगाडि बढाएका छौं उनले भने, ‘प्रारम्भीक अनुसनधानमा घरायसी विवादका कारण हत्या भएको बुझिएको छ। विवाद के रहेछ भन्ने बारे बुझदै छौं।’ हत्यामा प्रयुक्त हसिया प्रहरीले बरामद गरेको छ।
पक्राउ गरिएका राना इलाका प्रहरी कार्यालय गुलरियाको हिरासतमा राखिएको छ।
Facebook Comments


























