चैत्र ३० । प्रिमियर लिग क्लब चेल्सीले स्टार मिडफिल्डर एनगोलो कोन्टेलाई बेच्न चाहेको छ। लण्डन क्लबबाट खेलिरहेका कोन्टेले चेल्सीले राम्रो मुल्य पाएमा बेच्न चाहेको हो।
चेल्सीले कोन्टे बेच्न चाहना देखाएसंगै लियोन क्लबका प्रमुख जुनिन्हो पर्नान्बुकानोले फ्रान्सेली स्टारलाई अनुबन्धमा चासो देखाएका छन्। उनी कोन्टेलाई पुन फ्रान्स फर्काउन चाहन्छन्।
स्पेनिस क्लब रियल मड्रिडले समेत दुई पटकका प्रिमियर लिग विजेता कोन्टेमाथि नजर लगाईरहेको छ। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) समेत कोन्टे अनुबन्धमा ईच्छुक छ।
उपयुक्त मुल्य नआएको खण्डमा चेल्सी मिडफिल्डर कोन्टेलाई क्लबमै राख्न समेत तयार छ।
सन् २०१६ मा कोन्टे लेस्टर सिटीबाट स्टामफोर्ड ब्रिजमा आएका थिए। उनको चेल्सीसंगको सम्झौता सन् २०२३ सम्म बाँकी छ।
कान्टेले यस सिजन १८ प्रिमियर लिग खेलमा तीन गोल गरेका छन्। एजेन्सी


























