चैत्र ३० । क्यानडाका आइस हक्की खेलाडी कोल्बी केभको २५ वर्षको उमेरमा निधन भएको छ। एडमोन्टन ओइलर्सका फरवार्ड केभको आइतबार टोरन्टोको एक अस्पतालमा निधन भएको हो।
मस्तिष्टको कोलाइड सिस्टको शल्यक्रिया गरेको चार दिनपछि उनको निधन भएको हो। शल्यक्रियापछि उनलाई कोमामा राखिएको थियो।
‘निकै दुखद खबर कोल्बी केभको आज बिहान निधन भएको छ,’ क्लबले भनेको छ।
नेसनल हक्की लिगमा उनले ६७ खेलमा ४ गोल गरेका थिए। यस्तै पाँच गोलका लागि पास उपलब्ध गराएका थिए। एजेन्सी
Facebook Comments


























