चैत्र २९ । वेल्सका मिडफिल्डर आरोन राम्सीले पोर्चुगिज क्रिस्टियानो रोनाल्डो असाधारण खेलाडी भएको बताएका छन्।
सामाजिक संजाल इन्स्टाग्राम समर्थकसँग लाईभमा राम्सीले युभेन्ट्सका सहकर्मी रोनाल्डोलाई असाधारण खेलाडीको रुपमा व्याख्या गरेका हुन्।
‘उहाँ एक असाधारण खेलाडी हुन्। उहाँ विजेता हुन्। उनी हरेक खेल जित्न चाहन्छन,’ राम्सीले भनेका छन्, ‘उहाँ अविश्वसनीय हुनुहुन्छ। उहाँ खेल इतिहासमा सबै भन्दा महान खेलाडी हुनुहुन्छ।’
रोनाल्डोले यस सिजन क्लबका लागि ३२ खेलमा २५ गोल गरिसकेका छन्। तर, अहिले कोरोना भाईरसको कारण सिरी ‘ए’ लिग अनिश्चित कालका लागि स्थगित गरिएको छ।
यस्तै राम्सीले युभेन्ट्स विश्वकै ठुलो क्लब रहेको र क्लबबाट धेरै उपाधि जित्न चाहेको समेत बताए। राम्सी गत सिजन आर्सनलबाट युभेन्ट्स गएका थिए । त्यसअघि उनले कार्डिफ सिटीबाट लोनमा खेलेका थिए।
राम्सीले युभेन्ट्सका लागि ३ गोल गरिसकेका छन्। एजेन्सी


























