तनहुँ, चैत्र २९ । जिल्ला कारागारबाट तीन कैदी छुटेका छन्। अदालतको फैसलामा एक वर्ष वा त्यसभन्दा कम कैद सजायँ भएका कैदी रिहाइ भएका हुन्।
कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखी सर्वोच्च अदालतले विशेष प्रकृतिका कैदीलाई रिहा गर्ने फैसलानुरुप छ जनाले जिल्ला अदालतमा निवेदन दिएका थिए। तीध्ये दुई जना कैदवापतको रकम बुझाएर र एक जना समय अवधि पुगेर रिहा भएका छन्। त्यसैगरी एक जना कैदवापतको रकम बुझाउन नसकेर र दुई जनाको मुद्दा फैसला नभएकाले रिहा हुन सकेका छैनन्।
जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको एकल इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको अदालतका नायबसुब्बा कृष्णप्रसाद गौतमले जानकारी दिए। रासस
Facebook Comments


























