चीन, चैत्र २९ । चीनमा कोरोनाको संक्रमण रोकिए पनि नयाँ संक्रमण देखिने क्रम बढ्न थालेको छ। चीनको नेशनल हेल्थ कमिशनका अनुसार शुक्रबार ४६ जनामा संक्रमण देखिएको छ।
यसअघि बिहीबार ४२ जना संक्रमित भेटिएका थिए। ४६ मध्ये ३४ जनामा कोरोनाको आशंका गरिए पनि स्पष्ट लक्षण भने देखिएको छैन। यो सँगै चीनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८१ हजार ९५३ पुगेको बीबीसीले जनाएको छ।
Facebook Comments

























