चैत्र २९ । कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै नागरिक गुमाएको इटालीले लक डाउनको समय २१ दिन थप गरेको छ। अब मे ३ सम्मका लागि इटलीमा लक डाउन यथावत् रहनेछ। इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकमा जारी रहेको लक डाउनको समय मे ३ सम्मका लागि बढाउने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
इटालीमा मार्च ९ मा पहिलोपटक मुलुकमा लक डाउन घोषणा गरिएको थियो। त्यसबेला अप्रिल ३ सम्मका लागि लक डाउन घोषणा गरिएको थियो। पछि यसलाई १३ अप्रिलसम्म लम्ब्याउने निर्णय गरिएको थियो। अब फेरि बढाएर मे ३ सम्म पुर्याइएको हो।
Facebook Comments


























