काठमाडौं, चैत्र २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसले पारेको प्रभावबारे विज्ञहरुसँग छलफल गरेका छन्।
नेता पौडेलले भिडियो कन्फरेन्स मार्फत अर्थतन्त्रका विज्ञहरुसँग विहिवार छलफल गरेका हुन्। छलफलमा विज्ञहरुले अर्थतन्त्र उकास्नका लागि कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने सुझाव दिएका छन्।
छलफल कृषि उत्पादन, कृषि मजदुर, कृषि उपज र त्यसको ढुवानीका विषयमा केन्द्रीत भएको थियो। विज्ञहरुले कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्नका लागि भूमि बैंकको व्यवस्था, सहकारीको सक्रियतामा बृद्धि गर्नुपर्ने बताएका छन्।
छलफलमा योजना आयोगका पूर्वउपाध्यक्षहरु डा।गोविन्द पोखरेल, स्वर्णिम वाग्ले, प्रा। इन्जिनियर कमल रिजाल, सुरज पोखरेल, सिद्धिगणेश श्रेष्ठ, माधवप्रसाद पौडेल, प्रधुम्नराज पाण्डे, र सहदेवप्रसाद हुमागाँई सहभागी थिए।
Facebook Comments


























