चैत्र २७ । अष्ट्रेलिया क्रिकेट टिमको बंगलादेश भ्रमण स्थगित भएको छ। कोरोना भाईरसको कारण जुन महिनामा तय भएको अष्ट्रेलियाको बंगलादेश भ्रमण स्थगित गरिएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ।
अष्ट्रेलियाले बंगलादेशसँग दुई खेलको टेष्ट सिरिज खेल्ने तालिका रहेको थियो। उक्त सिरिज विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत रहने बताईएको थियो।
कोरोनाको कारण पछिल्लो समय थुप्रै टेष्ट सिरिजहरु स्थगित गरिएको छ। यस्तै आईसीसीले आगामी जुन ३० सम्मको सम्पूर्ण क्रिकेट गतिविधि स्थगित गरिसकेको छ। एजेन्सी
Facebook Comments


























