काठमाडौँ, चैत्र २७ । चीनसँगको तातो पानी नाका सञ्चालनमा आएको छ। नेपालको आग्रहमा चीन सरकार तत्कालका लागि तातो पानी नाका खुला गर्न सहमत भएसँगै बुधबार बेलुकादेखि नाका खुला भएको हो।
नेपालले अत्यावश्यक सामग्री भित्र्याउनका लागि नाका खुल्ला गर्न आग्रह गरी चीनलाई चैत १२ गते पत्राचार गरेको थियो। त्यसको जवाफमा चीनले अत्यावश्यक वस्तु मात्रै आयात गर्ने शर्तमा तातोपानी नाका मात्रै खुला गरेको हो।
रसुवागढी नाका भने खुला भएको छैन। कोरोना भाइरसको संक्रमण सुरु भएसँगै नाका बन्द भएको थियो।
Facebook Comments


























