कैलाली, चैत्र २७ । धनगढीमा लकडाउनको मौका छोपेर गहना पसल लुट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको बिनोद कुमार बर्माको प्रिया सुनचाँदी गहना पसलमा लुटपाट गर्ने १ जनालाई बिहीबार विहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।
धनगढीको कारागार रोडमा डेरा गरी बस्ने ४५ वर्षीय पप्पु गुप्ता पक्राउ परेका हुन्। गुप्ताले प्रिया सुनचाँदी गहना पसल अगाडि नै केही वर्ष पहिलेदेखि फलफूल बेच्ने ठेला राख्दै आएका थिए।
गुप्ताको डेरामा छापा मारी पानीको ड्रममा लुकाएको अवस्थमा लुटिएका गहना बरामद गरिएको प्रहरीले जानाएको छ। उनीसँग अरु व्यक्तिपनि संलग्न रहेको हुन सक्ने प्रहरीले जनाएको छ।
Facebook Comments


























