नवलपरासी, चैत्र २७ । जिल्ला कारागार पश्चिम नवलपरासीमा सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको रानीबगिया स्थायी घर भएका वर्ष ३५ का शिवराज परियार छन्।
जन्डिसको बिरामी रहेका उनको उपचारका क्रममा बुधबर पृथ्वी चन्द्र अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।
मानव बेचबिखन मुद्दमा दोषी पाइएपछि १० वर्षको जेल सजाय सुनाइएका उनलाई २०७२ साल भदौ १० परासीस्थित कारागारमा ल्याइएको थियो।
Facebook Comments


























