बाजुरा, चैत्र २७ । गौमुल गाउँपालिका ४ मा एक महिलालाई गोली हानेर हत्या गरिएको छ। बुधबार राती ३३ वर्षीया सुन्तु रोकायालाई भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ।
सुन्तुका ४० वर्षीय श्रीमान् गोरख रोकायाले गोली हानी हत्या गरेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन् ।
भैंसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अवस्थामा फेला परेपछि बिहीबार बिहान मात्र माइती पक्षले प्रहरीलाई जानकारी दिएको ठगुन्नाथले बताए। जानकारीपछि गौमुल गाउँपालिकाको केन्द्र घटमुना प्रहरी चौकीबाट प्रहरी टोली गएको र मृतकका श्रीमान गोरख रोकाया र एक थान बरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। मृतक सुन्तुको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ ।
Facebook Comments


























