काठमाडौं, चैत्र २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ। मंगलबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा कोभिड-१९ कोरोना भाइरस र समसामयिक राजनीतिक परिस्थितिबारेमा छलफल हुनेछ। बन्दाबन्दी (लकडाउन) पछि पहिलो पटक नेकपाले बैठक बोलाएको हो।
नेकपाभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सचिवालय बैठक बोलाउन दबाब दिइएको थियो। दबाब पछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले छलफल गरेपछि मंगलबारका लागि बैठक डाकिएको हो। स्वास्थ्य सामाग्री खरिदको विवाद र त्यसपछि सेनालाई दिइएको जिम्मेवारीबारे नेकपाभित्रै विवाद छ। सो बारे पनि छलफल हुने बताइएको छ।
Facebook Comments


























