काठमाडौं, चैत्र २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ।
समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ४ बजेका लागि बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। कोरोना रोकथाम र यसका सन्दर्भमा भइरहेका गतिविधिबारे पार्टीले कुनै धारणा नबनाएको भन्दै सचिवालय बैठक बोलाउन माग भइरहेको थियो।
पार्टी प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरबाट सचिवालय बैठक बोलाउन आफूले माग गरेको बताएका थिए। उनले दुबै अध्यक्षसँग बैठक बोलाउन मागसमेत गरेका थिए।
त्यस्तै वरिष्ठ नेता झलनाथ खनालले पनि पार्टी सचिवालय बैठक बोलाउन जरूरी भएको बताएका थिए।
Facebook Comments


























