डोटी, चैत्र २४ । डोटीमा गोली प्रहार गरि एक महिलाको हत्या भएको छ।
गोली प्रहारबाट जोरायल गाउँपालिका–देउथलाकी २० वर्षीया अनिता वनको ज्यान गएको हो। प्रहरीले अनुसन्धानका लागि उनका श्रीमान २२ वर्षीय खडक वनलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका एसपी दिलिपसिँह देउवाका अनुसार अनिता र उनका श्रीमान मात्रै घरमा बस्दै आएका थिए। घटनाको अनुसन्धान भइरहेको एसपी देउवाले बताए। मृतक अनिताको छातीमा गोली लागेको छ।
Facebook Comments


























