जापान, चैत्र २४ । जापानमा संकटकाल घोषणा हुने भएको छ। जापानी प्रधानमन्त्री सिन्जो ओबेले आजै सम्बोधन गर्दै त्यस्तो घोषणा गर्न लागेका हुन्।
बीबीसीका अनुसार जापानमा संकटकाल घोषणा हुने सम्भावना रहेको छ। त्यहाँ ३ हजार ६ सय कोरोना भाइरसको संक्रमित भेटिएका छन्। ८५ जनाको मृत्यु भएको छ।
जापानले कोरोना रोकथामका लागि उपलब्धि हासिल गरेपनि त्यहाँ आइपर्ने चुनौतीलाई दृष्टिगत गरी कडा कदमहरु चालिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाइसकेका छन्।
यसअघि सन् २०२० मा हुने टोकियो ओलम्पिक एक वर्ष पछि सारिएको छ। एजेन्सी
Facebook Comments