चैत्र २३ । बार्सिलोनाका लिजेण्ड मिडफिल्डर जाभी हर्नान्डेजले लियोनल मेस्सी इतिहासकै सर्वोकृष्ट खेलाडी भएको बताएका छन्।
ग्लोब इस्पोर्ट्ससँग कुरा गर्दै जाभीले रोनाल्डिन्हो र क्रिस्टियानो रोनाल्डो उत्कृष्ट खेलाडी भएपनि मेस्सी सर्वोकृष्ट भएको बताए।
६ पटकको बालोन डी’ओर विजेता मेस्सीको एकनासको प्रदर्शनको कारण उत्कृष्ट भएको जाभीले बताए।
‘रोनाल्डिन्हो उत्कृष्ट खेलाडी हुन् तर उनमा स्थिरताको अभाव थियो,’ जाभीले भने, ‘मेरो लागि रोनाल्डिन्हो भन्दा मेस्सी माथि छन्। किनकी उनको स्थिरता केहि वर्षयता उस्तै छ।’
स्पेनिस पूर्व मिडफिल्डर जाभीले बार्सिलोनामा मेस्सी र रोनाल्डिन्होसँगै खेलेका थिए। उनले रोनाल्डिन्हो र रोनाल्डोमा भएको गुण मेस्सीसँग समेत भएको बताए।
यस्तै जाभीले आफु प्रशिक्षकको रुपमा बार्सिलोना फर्कन चाहेको समेत बताए।
‘म स्पष्ट छु कि म बार्सिलोना फर्कने चाहान्छु, म धेरै उत्साहित छु,’ कतारी क्जालब अल सादका प्रशिक्षक जाभीले भने, ‘मैले आफूलाई प्रशिक्षक देखेको छु।’ एजेन्सी