काठमाडौं, चैत्र २३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संकटको यो बेला प्रतिपक्षले राजनीतिभन्दा माथि उठेर जनसेवा गर्नुपर्ने बताएका छन्।
आज बिहान ट्वीट गर्दै नेता कोइरालाले कोरोना भाइरसको संक्रमणको कारण आक्रान्त र असुरक्षित रहेको नेपालमा राष्ट्रिय संकट समाधान गर्न सरकारको राम्रो काममा सहयोग र नराम्रो काममा आलोचना गर्दै जनतालाई सुसूचित गर्न भूमिका निभाउनुपर्ने उल्लेख गरेका छन्।
उनले लेखेका छन्- ‘पार्टी राजनीतिभन्दा माथी उठेर जनसेवा गर्नुपर्छ।अहिले मध्यावधि निर्वाचन माग्नु ठिक होइन।’
Facebook Comments


























