काठमाडौं, चैत्र २३ । डलरको भाउ आइतबार फेरि बढेको छ। नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२२ रुपैयाँ १८पैसा निर्धारण गरेको छ। शुक्रबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६० पैसा र बिक्रीदर १२१ रुपैयाँ २० पैसा थियो। उच्च विन्दुमा पुगेपछि डलरको भाउ तलमाथि हुने क्रम जारी छ।
कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा डलरको भाउ थप चुलिएको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निकै तल्लो विन्दुमा झरेको छ। विश्वका प्रमुख देशहरुको सेयर बजारमा पनि ह्रास आएको छ। तर सुन र डलर भने माथि लागेका छन्। भारतीय रुपैयाँ कमजोर हुँदा नेपालमा पनि डलरको भाउ महँगो भएको हो। भारुसँग स्थिर विनियम दर भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर नै हुने गर्छ।
Facebook Comments