काठमाडौँ, चैत्र २२ । नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना भाइरस परीक्षणको दायरा फराकिलो पार्न सरकारलाई आग्रह गरेका छन्। स्थानीय व्यक्तिमा समेत संक्रमण भेटिएकोले अब पनि परीक्षणको दायरा नबढाए गम्भीर संकट निम्तिने पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाको भनाई छ।
आफूहरुले पटक–पटक परीक्षणको दायरा बढाउन माग गर्दा समेत सरकारले नसुनेझैँ गरेको उल्लेख गर्दै थापाले ट्विटरमा भनेका छन् ‘ आज एकजना स्थानीयमा संक्रमण भेटिएको छ। सरकार, अब त चेतौं। परीक्षणको दायरा फराकिलो बनाऔँ, परीक्षणको गति र संख्या बढाऔँ।’
उनले भनेका छन् ‘ हामीले निरन्तर भनिरह्यौँ, संक्रमणको चेन तोड्न परीक्षणको दायरा बढाऔँ, संक्रमितको सम्पर्कमा रहेकाको खोजी गरौँ, अलग राखौँ र लक्षण नदेखिए पनि परीक्षण गरौँ।’
Facebook Comments