चैत्र २२ । इंग्ल्यान्डको पुरुष क्रिकेट टिमले इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) लाई आर्थिक सहयोग गर्ने भएका छन्। प्रोफेसनल क्रिकेट एसोसियसनले कोरोना भाईरसको कारण संकटमा रहेको ईसीबीलाई ५ लाख पाउण्ड सहयोग गर्ने घोषणा गरेको हो।
राष्ट्रिय टिमको सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीले उक्त सहयोग गर्ने एसोसियसनले जनाएको छ। कोरोनाविरुद्ध लड्न च्यारिटी दानको निर्णय भने अर्को साता गर्ने बताईएको छ।
यस्तै सेन्ट्रल कन्ट्रयाक्टमा रहेका महिला खेलाडीले अप्रिल, मे र जुन महिनाको तलब स्वैच्छिक रुपमा घटाउने भएका छन्। कोरोनाको कारण इंग्ल्यान्डमा आगामी मे २८ सम्म क्रिकेट गतिविधि स्थगित गरिएको छ। एजेन्सी
Facebook Comments


























