चैत्र २२ । अमेरिकामा आयोजना हुने ७५ औं संस्करणको युएस महिला ओपन च्याम्पियनसिप गल्फ स्थगित भएको छ। कोरोना भाईरसको महामारीको कारण जुन महिनामा हुने प्रतियोगिता स्थगित गरिएको हो।
प्रतियोगिता टेक्सासको होउसटन गल्फ क्लबमा जुन ४ देखि ७ सम्म हुने तालिका रहेको थियो। अब प्रतियोगिता डिसेम्बर १० देखि १३ सम्म हुने बताईएको छ।
युएस गल्फ एसोसियसनका सिईओ माइक डेभिसले खेलाडीको स्वास्थ्यलाई मध्ये नजर गर्दै प्रतियोगिता सारिएको तर यसै वर्ष प्रतियोगिता आयोजना गर्न प्रतिबद्द रहेको बताए।
गत संस्करणको उपाधि जेओनगुन लीले जितेकी थिईन्। एजेन्सी
Facebook Comments


























