भक्तपुर, चैत्र २१ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अत्यावश्यक सेवा लिनुपर्नेमा बाहेक घरबाट ननिस्कनसर्वसाधारणमा आग्रह गरेका छन्।
आज एक सन्देश जारी गर्दै अध्यक्ष बिजुक्छेले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित हुने उपाय भनेकै आ–आफ्नो घरभित्र बसेरआफू, आफ्नो परिवार र समाजलाई यो भाइरसको सङ्क्रमण हुनबाट सुरक्षित राख्नु हामी सबैको कर्तव्य भएको बताए।
सन्देशमा उनले भनेका छन्, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण ४७ हजार २५६ भन्दाबढी मानिसको मृत्यु भएको खबर छ र सङ्क्रमित र मृत्यु हुनेहरूमा धेरै उमेर भएका ज्येष्ठ नागरिकहरू बढी छन्।
विज्ञहरूका अनुसार योभाइरस मानिस एकापसमा नजिक बस्दा र मानिसको सिंगान, खकार र थुक आदिको छिट्टा पर्दा एक अर्कोमा सर्ने रोग हो। विभिन्न देशमा मन्दिर, चर्च, मस्जिद, खेलकुद, जीम, मर्निङ्गवाक आदिमा गएकाहरूलाई पनि यो भाइरस सरेको देखिन्छ त्यसैले सचेतनाअपनाउनु जरुरी छ।