काठमाडौं, चैत्र २१ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को थप नयाँ संक्रमित बिरामी फेला नपरेको बताएको छ।
शुक्रबार मन्त्रालयमा भएको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबारपछि थप नयाँ कोरोना पोजेटिभ नदेखिएको प्रस्ट पारेका हुन्।
मन्त्रलयले अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्योगशालामा अहिलेसम्म १२६६ को परीक्षण गरिएको बताइएको छ। पछिल्लो समय दैखिक १०० को हाराहारीमा परीक्षण हुँदै आएको प्रवक्ता देवकोटाले बताए।
त्यस्तै प्रदेशतर्फ धरानको बीपीस् कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिठान, हेटौँडा, जनकपुर, सुर्खेत र धनगढीमा पनि परीक्षण सुरु भएको उनले जानकारी दिए।
उनले शुक्रबार धरानमा ३९, जनकपुरमा ५, हेटौँडामा ५, पोखरामा १९, सुर्खेतमा ७ र धनगढीमा ४ वटा नमूना परीक्षण गरिएको उनले जानकारी दिए।