काठमाडौं, चैत्र २१ । कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम नियन्त्रण र न्युनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण पटक-पटक स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक अन्ततः फेरि सरेको छ।
चैत २३ गतेका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको उक्त बैठक कोभिड-१९ नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण चैत ३० सम्मलाई सारेको हो।
संघीय संसद्का कार्यबाहक महासचिव गोपालनाथ योगीले एक सूचना टाँस गरी ३० गतेसम्मका लागि सारिएको जानकारी दिएका हुन्। चैत २३ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिसभा बैठक कोरोना भाइरसको सम्भावित संक्रमणको कारण नेपाल सरकारले देशभरि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण क्षेत्रमा लगाएको प्रतिबन्ध यथावत रहेको कारण देखाउँदै बैठक चैत ३० गते १ बजे बस्नेगरी निर्धारण गरिएको जानकारी गराएका हुन्।
Facebook Comments


























