रौतहट, चैत्र २१ । रौतहट गौर नगरपालिका वडा नं– ४ स्थित लालबकैया नदीमा एक पुरुषको शव फेला परेको छ। शव पानीमा तैरिरहेको फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ। अहिले मृतकको शवलाई पानीबाट निकालिएको प्रहरीले जनाएको छ।
शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल रौतहट पठाउने तयारी भईरहेको प्रहरीले जानकारी दिएको छ। मृतकको सनाखत भने हुन सकेको छैन्।
Facebook Comments


























