चैत्र २१ । स्पेनिस क्लब एट्लेटिको मड्रिडले खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने भएको छ।
क्लबको ४ सय ३० कर्मचारीलाई तलब वितरण गर्न क्लबले आफ्ना खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने भएको हो।
एट्लेटिकोको सिनियर पुरुष र महिला टिम, एट्लेटिकोको बी टिम तथा प्रशिक्षकले तलब कटौतीको बिषयमा क्लबसंग आन्तरिक सहमती गरेका छन्।एटलेटिकोले आधिकारिक वेबसाईटमार्फत यसको पुष्टि गर्दै सिजन पुरा हुने वा रद्व हुने दुई फरक विकल्पमा सम्झौता गरिएको जनाएको छ।
‘समस्या समाधानका लागि क्लबको पहिलो टिमले आधा रकमको योगदान गर्नेछ भने क्लब व्यवस्थापनमा रहेको सीईयो र निर्देशकहरुले आधा रकम बराबरको योगदान गर्नेछन्।’ क्लबद्वारा जारी बिज्ञप्तीमा भनिएको छ।
एट्लेटिकोले लिगको शीर्ष स्थानको बार्सिलोनाको बाटो पछ्याएको छ। बार्सिलोनाले वित्तिय संकट कम गर्न खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने निर्णय गरेको थियो। एजेन्सी