चितवन, चैत्र २१ । चितवनको भरतपुर अस्पतालमा उच्च ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली घर भएक २६ वर्षीया उषाकुमारी राई भएकी जनाइएको छ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीका अनुसार राई हेटौंडाबाट रेफर भएर अस्पताल भर्ना हुन आइपुगेकी थिइन्।
बिहीबार राति १ बजेतिर भरतपुर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी राईको पछि सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार शुरु गरिएको थियो। तर, उपचारकै क्रममा राईको मृत्यु भएको तिवारीले जानकारी दिए।
राईको कोरोना संक्रमणको आशंका स्वाव संकलन गर्ने तयारी भइरहेको तिवारीले जानकारी दिए। अहिले उनको शव अस्पतालमै राखिएको छ।
Facebook Comments