काठमाडौं, चैत्र २० । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना (कोभिड-१९) भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक केहीबेरमा बस्दै छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले चैत २५ गतेसम्म लकडाउनको घोषणा गरेको छ।
चीनबाट फैलिएको कोरोनाको प्रभाव भारतमासमेत व्यापक बन्दै गर्दा नेपाल सरकारले संक्रमण फैलिनु अघि नै लकडाउन गरेर यसको नियन्त्रणको प्रयास गरेको छ। नेपालमा पाँचजनामा संक्रमण देखिएको छ। त्यसमध्ये चारजनाको उपचार भइराखेको छ भने एकजना निको भएका छन्।
अहिलेसम्म सरकारले सातै प्रदेशमा कोरोना परीक्षण ल्याब बनाउने काम गरिसकेको छ। यद्यपि सबै प्रदेशमा काम भने भइसकेको छैन।
उपप्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बुधबार दिउँसो साँढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उच्चस्तरीय समितिको बैठक बस्न लागेको हो।