दाङ, चैत्र २० । घरायसी विवादमा भाइको कुटपिटबाट दाइको मृत्यु भएको छ।
दाङको राजपुर गाउँपालिका वडा नम्बर १ रसरिखोला निवासी २३ वर्षीय भाइ जसराम कामीको कुटपिटबाट ३२ वर्षीय दाइ प्रेम कामीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी इन्चार्ज भरतसिंह राठोरले जानकारी दिए।
कुटपिट गर्ने व्यक्तिको खोजी गरिरहेको उनले बताए। घटना बुधबार रातिको हो। घाइतेको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।
Facebook Comments