चैत्र २० । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले ब्राजिली फरवार्ड नेयमारलाई चेतावनी दिएको छ।
खेल भावना विपरित क्रियाकलाप गरेको भन्दै पीएसजीले नेयमारलाई औपचारिक रुपमा चेतावनी दिदै सचेत गराएको हो।
च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाईनलको दोस्रो लेगमा बोरुसिया डर्टमण्डबिरुद्व गोल गर्ने क्रममा नेयमारले विपक्षी टिमका सदस्य इर्लिङ हाल्याण्डको नक्कल गरेर मजाक उडाएका थिए।
डर्टमण्डबिरुद्व देखाएको सोही ब्यवहारलाई लिएर पीएसजीले औपचारिक रुपमा नेयमारलाई सचेत गराएको हो।
प्रि-क्वार्टरफाईनलको दोस्रो लेगमा पीएसजीले डर्टमण्डलाई २–० ले हराएको थियो। जर्मन क्लबबिरुद्व गोल गरे लगत्तै नेयमारले हाल्याण्डको गोलको नक्कल गर्दै मजाक उडाएका थिए।
घटनालाई लिएर युरोपेली फुटबल महासंघ ९यूईएफए०ले पीएसजीलाई समेत चेतावनी दिएको छ।
सो खेलमा नेयमारमाथि खराब फल गरेका इम्री कान ८९ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएका थिए। घटनाको बिषयलाई लिएर क्लबले थप केही नोक्सानी ब्यहोर्नुपर्ने छैन। कोरोना भाईरसले प्रभावित बनेको सिजन बाँकी खेलको प्रतिक्षा भईरहेको छ।
यूईएफएले क्लबलाई आर्थिक जरिवाना लगायतका अन्य कुनै कारबाही भने गरेको छैन।
मार्च ११ मा खेलिएको सो खेलमा नेयमारले पहिलो गोल गरेका थिए। लगत्तै उनी डर्टमण्डको बेन्च अगाडी पुगेर १९ बर्षिया युवा स्टार हाल्याण्डको गोलको नक्कल गरेका थिए। पहिलो लेगको खेलमा पीएसजीबिरुद्व गोल गरे लगत्तै हाल्याण्डकै सोही सेलिब्रेसन गरेका थिए।
खेल सकिए लगत्तै पीएसजीका सबै खेलाडी एक ठाउँमा जम्मा भएर सोही नक्कल गर्दै हाल्याण्डको मजाक उडाएका थिए।
पीएसजीले क्वार्टरफाईनलको प्रतिद्वन्दी अहिलेसम्म प्राप्त गर्न सकेको छैन । प्रि–क्वार्टरफाईनलका अझै आधा खेल बाँकीनै छ। एजेन्सी