चैत्र २० । इंग्ल्यान्डमा आयोजना हुने महिलाको युरोपियन च्याम्पियनसिप फुटबल प्रतियोगिता एक वर्ष पछि सरेको छ।
कोरोना भाईरसको महामारीको कारण सन् २०२१ मा तय भएको प्रतियोगिता एक वर्ष पछि सरेको हो। अब प्रतियोगिता सन् २०२२ को समरमा आयोजना हुनेछ।
डेनिस फुटबल एसोसियसनको वेबसाइटले महिलाको युरोकप सरेको जनाएको छ। तर, युरोपियन फुटबल एसोसियसन (युईएफए) ले औपचारिक रुपमा प्रतियोगिता सरेको जनाएको छैन।
बुधबार मात्रै युईएफएसँग आबद्द ५५ सदस्य राष्ट्रको छलफलपछि च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चित कालका लागिसम्म स्थगित गर्ने निर्णय गरेको थियो। एजेन्सी
Facebook Comments


























