नवलपुर, चैत्र २० । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ स्थित कालीगण्डकी नदीमा डुंगा दुर्घटना हुँदा १ जना वेपत्ता भएका छन्।
डुंगा चालक सहित ५ जना सवार डुंगा एक्कासी पल्टिएर दुर्घटना भई नदीमा डुवेपछि १ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीषक मोहनबहादुर खाँणले बताए।
बुधबार साँझ डुंगा नदीमा डुबेको हो। नदीमा डुबेर नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिका ३ बस्ने ११ बर्षीया ईशारा दरै वेपत्ता भएका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
तनहुँको रिसिङबाट काठको डुंगामा नदी पार गर्ने क्रममा डुंगा डुबेको हो। डुंगा चालक तनहुँको शिरकोट गाउँपालिका ४ बस्ने २० बर्षीया महोरपा मगर फरार रहेका छन्।
डुंगामा सवार अन्य ३ जना नवलपरासीको बुलिङटार गाउँपालिका ३ बस्ने १२ बर्षका पूर्णिमा दरै, १३ बर्षीय नम्रता दरै र ११ बर्षीय सिमा दरैका भने प्रहरीले सकुसल उद्दार गरेको छ।


























