काठमाडौं, चैत्र १९ । विश्वभर फैलिएको कोरोनाभाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भने कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ५ सय ९९ पुगेको छ। अमेरिकामा कोरोना संक्रमण संख्या तिब्र गतिमा बढिरहेको छ। यस्तै अमेरिकामा कोरोनाका कारण एक पत्रकारको पनि मृत्यु भएको छ।
कोरोनाका कारण अमेरिकी पत्रकार मारिया मेर्कादेरको आइतवार मृत्यु भएको हो। ५४ वर्षकी मेर्कादेर अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्यूजकी वरिष्ठ पत्रकार हुन्। उनी क्यान्सर रोगबाट पनि पीडित रहेको जनाइएको छ। उनी लामो समयदेखि सीबीएसमा रिपोर्टर तथा ट्यालेन्ट डिरेक्कटरको रुपमा कार्यरत रहेकी थिइन्।
Facebook Comments


























