इटहरी, चैत्र १९ । एम्बुलेन्सको ठक्करबाट इनरुवा ६ मधेशाकी महिला स्वास्थ्यकर्मी रत्ना श्रेष्ठको ज्यान गएको छ।
पूर्व-पश्चिम राजमार्गअन्र्तगत झुम्का बजार नजिकै पर्ने घोपाली टोलमा उनलाई एम्बुलेन्सले ठक्कर दिएको थियो। मधेशा स्वास्थ्य चौकीमा कार्यरत् उनी घरबाट कार्यालयका लागि निस्केकी थिइन्।
को १६ प २०६४ नम्बरको स्कुटीमा सवार ३५ वर्षीया श्रेष्ठलाई को १ च ९६०५ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा गम्भीर घाइते उनलाई उपचारको लागि विराटनगरस्थित न्युरो अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको हो।
ठक्कर दिने एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comments