चैत्र १९ । कोरोना भाईरसको कारण फ्रेन्च क्लब मार्सेका पूर्व अध्यक्ष पेप डिउफको निधन भएको छ।
कोरोनाबाट संक्रमित डिउफको ६८ वर्षको उमेरमा सेनेगलमा निधन भएको हो। मार्सेले सामाजिक संजाल ट्वीटरबाट पूर्व अध्यक्ष डिउफको निधन भएको पुष्टि गरेको छ।
डिउफ सन् २००५ देखि २००९ सम्म लिग वान क्लब मार्सेका अध्यक्ष रहेका थिए। डिउफको निधनमा फ्रेन्च फुटबल फेडेरेसनले पनि शोक व्यक्त गरेको छ। एजेन्सी
Facebook Comments