चैत्र १९ । इन्ग्लिश क्लब लिभरपुलका डिफेन्डर भिर्गिल भान डाईकले बार्सिलोनाका कप्तान लियोनल मेस्सी आफ्नो लागि कठिन प्रतिद्वन्द्वी भएको बताएका छन्।
सामाजिक संजाल ट्वीटरमा एक समर्थकले सोधेको प्रश्नमा लिभरपुलका स्टार डाईकले आफुले सामना गरेको मध्ये मेस्सी कठिन प्रतिद्वन्द्वी भएका बताएका हुन्।
‘त्यहाँ धेरै कठिन स्ट्राइकरहरु छन् तर सम्भवत लियो मेस्सी,’ डच डिफेन्डर डाईकले भनेका छन्।
डाईकले गत सिजन च्याम्पियन्स लिगको खेल दौरान ६ पटकको बालोन डीुओर विजेता मेस्सीको सामना गरेका थिए।
तर,लिभरपुलले सेमिफाइनलमा बार्सिलोनालाई हराएर फाइनल यात्रा तय गरेको थियो। गत सिजन लिभरपुलले टोटेनहमलाई हराएर च्याम्पियन्स लिगको उपाधि जितेको थियो। एजेन्सी
Facebook Comments