काठमाडौं, चैत्र १९ । नेपालमा रहेका चिनियाँ नागरिकलाई लिन आज (बुधबार) एयर चाइनाको जहाज काठमाडौं आउँदै छ।
नेपाल पर्यटन बोर्ड स्रोतका अनुसार आज दिउँसो नेपालमा रहेका चिनियाँ नागरिकलाई लिएर जाने गरी एयर चाइना जहाज आउन लागेको हो।
बोर्डले नेपालमा रहेका र घर फर्कन चाहने चिनियाँ पर्यटकलाई आफ्नो मुलुकको दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।
चीनले अहिले विभिन्न मुलुकबाट आफ्ना नागरिकलाई फिर्ता लगिरहेको छ। सरकारले १५ अप्रिलसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि धेरैजसो मुलुकले आफ्ना नागरिकलाई धमाधम फिर्ता लगिरहेका छन्।
Facebook Comments