काठमाडौं, चैत्र १८ । प्रेस काउन्सिल नेपालले १४ वटा वेबसाइटलाई नेपालबाट हेर्न नमिल्ने बनाउन नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ।
चैत १० गतेदेखि १६ गतेसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका सम्बन्धमा जथाभावी प्रचारप्रसार गर्ने १४ वटा वेबसाइटलाई नेपालभर प्रकाशनर प्रसारण हुन नसक्ने गरी व्यवस्था मिलाउन दूर सञ्चार प्राधिकरणलाई पत्राचार गरिएको प्रेस काउन्सिल नेपालका सह–प्रशासकीय अधिकृत एवं सूचना अधिकारी दीपक खनालले जानकारी दिए।
सूचना अधिकारी खनालका अनुसार काउन्सिलले (कोभिड–१९) को संक्रमणका सम्बन्धमा जथाभावी प्रचार प्रसार गरेको उजुरी परेपछि ३६ वटा अनलाइन सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधेको छ।

Facebook Comments


























