चितवन, चैत्र १८ । भरतपुर महानगरपालिका वडा नं ४ लंकूमा रहेको सरस फुड इन्डस्ट्रीमा आगलागी भएको छ। प्रत्यक्षदर्शीका अनुसार उद्योगमा बिहान करिब सवाँ ५ बजे आगलागी सुरु भएको हो।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। भरतपुर महानगरपालिकाका दुई, खैरहनी नगरपालिकाको एक र नेपाली सेनाको एक गरी ४ वटा दमकलले आगो निभाउने प्रयास भइरहेको छ।
क्षतिको विवरण भने आउन बाँकी छ।
Facebook Comments