काठमाडौं, चैत्र १७ । विश्व बजारमा तेलको मूल्य एक महिनामै आधाले सस्तो भइसकेको छ। कच्चा तेलको मूल्य प्रति ब्यारल २० देखि २६ डलरको बीचमा छ।
तेलको मूल्यबारे जानकारी दिने आयल प्राइलले आज प्रति डब्लटिआई क्रुड प्रति ब्यारल २० डलर पुगेको जानकारी दिएको छ। ब्रेन्ट क्रुड र ओपेक बास्केट २६ डलर नै छ।
प्रति ब्यारल १५९ लिटर हुन्छ। अहिले प्रति लिटर कच्चा तेलको मूल्य २० रुपैयाँभन्दा कम छ। जुन पानीभन्दा सस्तो हो।
विश्व बजारमा पानीको खुद्रा मूल्य योभन्दा बढी छ। पिउने पानी प्रति लिटर २० रुपैयाँभन्दा बढी पर्न जान्छ।
कोरोना भाइरसका कारण विश्वका आधा भागमा लकडाउन हुँदा खपत कम भएको छ। यसका अलावा रुसले ओपेक देशरुको उत्पादन घटाउनका लागि भएको आग्रह अस्वीकार गरिदियो। उत्पादन बढ्नु र खपत कम हुनुले विश्व बजारमा तेलको मूल्य घटेको हो।
Facebook Comments