चितवन, चैत्र १६ । चितवनको माडीमा रहेको एक भूमिहन चेपाङको घरमा आगलागी हुंँदा बालिकाको जलेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज अपराह्न १ बजेर ३५ मिनेट जाँदा माडी नगरपालिका ७, करही खोलानजिकै रहेको राजकुमार चेपाङको घरमा नजिकै बारीमा लगाएको आगो उडेर सल्किएको थियो।
घरमा आगो सल्किएपछि घरभित्र सुतिरहेकी उनकी ९ वर्षीयाकी छोरी रजिना जलेकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
Facebook Comments