काठमाडौं, चैत्र १६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले किसानहरुलाई निर्वाध रुपमा काम गर्न दिनुपर्ने बताएका छन्।
कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि सरकारले साताव्यापी लकडाउन लगाएको छ। यो आदेशसँग किसानहरु मारमा पर्ने भन्दै उनले उनीहरुलाई काम गर्न दिनुपर्ने बताएका छन्। प्राईम टाईम्स टेलिजिभनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले यस्तो बताएका हुन्।
उनले आम जनतालाई नआँत्तिकन बस्नसमेत आग्रह गरेका छन्। उनले भने, अत्यन्तै सावधानीपूर्वक आफ्नो व्यवहार चलाउनुहोस्। अब यो बेलामा धेरै अत्तालिनुहुँदैन्। धेरै भीडभाड गर्नुहुँदैन्। सरकारको उर्दीलाई सम्मान गर्नुपर्छ। तर, अहिले खेती लगाउने बेला हो। यो बेलामा कुटो, कोदालो छोडेर पनि नबसौं। सबै काम छोडेर नबसौं। सरकारले पनि आवागमनमा केही खुकुलो गरेको छ।


























