चैत्र १६ । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीको रंगशालालाई कोरोना भाईरसको महामारीविरुद्ध लड्न प्रयोग गरिने भएको छ।
सिटीले इतिहाद रंगशाला कोरोनाविरुद्ध लडिरहेका नेसनल हेल्थ सर्भिस (एनएचएस) लाई प्रयोग गर्न दिएको हो। एनएचएसले सिटीको रंगशालालाई औषधि भण्डारण, डाक्टर तथा नर्सहरुको प्रशिक्षण स्थल बनाउन सक्ने छन्।
कोरोनाविरुद्ध लड्न सहयोग गर्ने उदेश्यले रंगशाला प्रयोग गर्न दिएको क्लबले जनाएको छ। कोरोनाको कारण लिगहरु स्थगित भएपछि क्लबका अधिकांस रंगशालालाई एनएचएसले प्रयोग गरिरहेको छ।
कोरोनाको कारण इंग्ल्यान्डमा फुटबल गतिविधि अप्रिल ३० सम्म स्थगित गरिएको छ। प्रिमियर लिगले सिजन सकाउने, स्थगितको मिति बढाउने वा रद्द गर्ने बिषयमा आगामी अप्रिल ३ मा बैठक बोलाएको छ। एजेन्सी
Facebook Comments


























