चैत्र १६ । कोरोना भाईरसको फैलदो संक्रमणसंगै प्रिमियर लिग सहित युरोपेली फुटबलको चालू सिजन गुम्ने खतरा बढेको छ।
युरोपमा तिव्र गतिमा फैलिएको संक्रमणले युरोपेली प्रतियोगिता रद्व हुने सम्भावना बढेर गएको हो।
युरोपेली फुटबल महासंघ (यूईएफए)का अध्यक्ष अलेक्जेन्डर सेफरिनले जुनको अन्तिमसम्म बाँकी सिजन सुरुवात गर्न नसकेको अवस्थामा चालू सिजन गुम्न सक्ने धारणा राखेका छन्।
युरोपका अधिकांश फुटबल लिग स्थगित अवस्थामा छन्। कोरोनाकै प्रभावका कारण युरो २०२० अर्को बर्षका लागि सारिएको छ।
सेफरिनले बाँकी सिजन ढोका बन्द गरेर समेत सक्ने विकल्प अघि सारेका छन्।
‘यदी हामीले पुन सुरुवात गर्न सकेनौ भने सम्भवत सिजन गुम्नेछ।’ सेफरिनले भनेका छन्।
ईटालिन पत्रिकासंग कुरा गर्दै सेफरिनले आफुहरुसंग पहिलो, दोस्रो र तेस्रो योजनाहरु रहेको सुनाएका छन्।
‘तीन विकल्प भनेको मेको मध्यबाट, जुनबाट वा जुनको अन्तिमबाट प्रतियोगिता पुन सुचारु गर्नु हो।’ उनले भनेका छन्।
‘अर्को सिजनको सूरुवातबाट नयाँ सिजन सुरु गर्ने सम्भावना समेत छ। हामी लिग र क्लबका लागि राम्रो विकल्प हेरिरहेका छौ।’ उनले थपेका छन्। ईङ्लिस फुटबल अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ।
सेफरिनले युरोपेली फुटबलका बाँकी खेल ढोका बन्द गरेर खेलाउने विकल्पमा समेत रहेको उल्लेख गरेका छन्।
‘मेरा लागि ढोका बन्द गरेर सबै खेल खेलाउने कल्पना गर्नु कठिन हो। हामी दर्शक सहित वा दर्शक रहित फुटबल सुरु गछौ भनेर भन्न सकिने अवस्था छैन।’ उनले भनेका छन्।
‘यदी कुनै विकल्प छैन भने प्रतियोगिता रद्व गर्ननै उपयुक्त हुनेछ।’ सेफरिनले भनेका छन्।
लिभरपुलले प्रिमियर लिगमा २५ अंकको अग्रता कायम राखेको छ। ऐतिहासिक लिग उपाधिबाट लिभरपुल मात्र तीन जित टाढा छ। एजेन्सी