चैत्र १६ । स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।
स्पेनी राजा फेलिपे छैठौंकी भतिजी ८६ वर्षीया मारियाको शुक्रवार पेरिसमा मृत्यु भएको हो। कोरोनाका कारण ज्यान गुमाउने उनी पहिलो राजपरिवारकी सदस्य हुन्।
उनका भाइ राजकुमार सिक्सटस हेनरीले दिदीको मृत्युको खबर दिएका हुन्। राजकुमारी मारिया पेरिसमा सन् १९३३ मा जन्मेकी थिइन् ।
उनी पेरिसको सोर्बोनमा प्राध्यापक थिइन् अनि मड्रिडको कम्प्लुटेन्स विश्वविद्यालयमा समाजशास्त्रकी प्राध्यापक पनि थिइन्। लामो समयसम्म महिला अधिकार र समाजवादी विचारधारको वकालत गरेकाले उनलाई ‘रातो राजकुमारी’ भन्ने गरिन्थ्यो।
उनको परिवारका सदस्य हाउस अफ बर्बोन–पार्माका हुन् जुन स्पेनी राजपरिवारकै एक अंग हो। उता बेलायतका राजकुमार चार्ल्स पनि कोरोनाभाइरस लागेको छ। एजेन्सी
Facebook Comments