काठमाडौं, चैत्र १४ । वीरगन्ज हुँदै शुक्रबार ३० बुलेट ग्यास आयात भएको छ। नेपाल आयल निगमका अनुसार यो नाका हुँदै सो परिमाणको बुलेट ग्यास नेपाल आएको हो।
नेपाल र भारत दुवै देशमा लकडाउन भए पनि ग्यासको आयात नियमित छ। आइतबार आयात भएको ग्यासमध्ये सबैभन्दा धेरै नेपाल ग्यास हो। यसैगरी ४ बुलेट ओम ग्यास आयात भएको छ।
एक बुलेट ग्यासले १२ सय ५० सिलिन्डर ग्यास उत्पादन गर्न सकिन्छ।
Facebook Comments