चैत्र १४ । स्पेनिस क्लब रियल मड्रिडले मेडिकल सामान भण्डारनका लागि स्यान्टियागो वर्नवेउ रंगशाला दिने भएको छ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसको उपचारका लागि आपूर्ती भएका सामान भण्डारनका लागि रियलले स्थानिय अस्पताललाई रंगशाला प्रयोग गर्न दिने निर्णय लिएको हो।
खेलकुद मन्त्रालयसंगको सहकार्यमा रियलले चिकित्सक कर्मचारीलाई आवश्यक पर्ने मेडिकल सामान आफ्नो रंगशालामा राख्न दिने छ।
करिब ८१ हजार दर्शक क्षमताको रंगशाला रियलले कोरानाबिरुद्वको अभियानमा उपलब्ध गराएको हो।
यस्तै, रियलले कम्पनी र व्यापारिक नेतृत्वले अस्पतालका लागि गरेको सहयोग पारित गर्न सहयोग गर्ने भएको छ।
कोरोनाको संक्रमणबाट स्पेनमा ३ हजार ४ सय ३४ जनाको ज्यान गएको छ।
कोरोनाबाट युरोपको ईटाली सबैभन्दा धेरै प्रभावित छ।
यस्तो अवस्थामा स्पेनिस महारथी क्लबले आधिकारिक रुपमा आफ्नो वेवसाईटमार्फत सहयोगको अपिल गरेको हो।
‘महामारीको बिरुद्वको लडाँईमा आवश्यक मेडिकल सामान आपूर्ती भण्डारनका लागि स्याटियागो वर्नवेउको स्थान उपलब्ध गराउन तयार छौ।’ रियलले बिज्ञप्तीमा भनेको छ।
कोरोनाकै कारण क्लबका पूर्व अध्यक्ष लोरेन्जो साञ्जको समेत निधन भएको थियो। अन्य रोगबाट समेत ग्रसित लोरेन्जोको गत शनिबार निधन भएको थियो।
महामारीका कारण ला लिगा अनिश्चितकालका लागि स्थगित छ। लिगको पाँचौ स्थानको गेटाफेले समेत स्थानीय अस्पताललाई भण्डारनमा सहयोग गर्ने घोषणा गरको थियो। एजेन्सी