कपिलवस्तु, चैत्र १४ । कपिलवस्तु नगरपालिका – ८ पूर्व वेलहवामा घर नजिकैको पोखरीमा डुबेर एकै घरका दुई बालकको ज्यान गएको छ।
ज्यान गुमाउनेमा स्थानीय तबरेज धुनियाका छोराहरु १२ वर्षीयसलमान धुनिया र १० वर्षीय अरमान धुनिया रहेका प्रहरीले जनाएको छ। दुवैक शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ।
घर नजिकै विद्यालयको किनारमा रहेको पोखरी किनारमा खेल्दै गर्दा उनीहरुको पोखरीमा डुबेर मृत्यु भएको स्थानीयले बताएका छन। पोखरीको किनारमा लोडरले माटो निकालेकोले गहिरो भएकोले बालकहरु त्यही ठाउँमा डुबेको स्थानीयको भनाइ छ।
Facebook Comments